Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:13 - पवित्र बाइबल

13 जब तिमीहरूलाई सहायताको खाँचो पर्यो, तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्यौ, जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ। तिमीहरूलाई त्यही मूर्तिहरूले सघाओस्। तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ। बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ। तर त्यो मानिस जो ममाथि आश्रित छ, त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु। त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूले सहायताको निम्‍ति पुकारा गर्दा तिमीहरूले बटुलेका मूर्तिहरूले तिमीहरूलाई बचाऊन्‌! बतासले तिनीहरूलाई उड़ाएर लैजानेछ। एकै सासले तिनीहरू जम्‍मैलाई उड़ाएर लैजानेछ। तर जुन मानिसले मलाई आफ्‍नो शरणस्‍थान बनाउँछ, त्‍योचाहिँ देशको हकवाला हुनेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूले मद्दतको लागि पुकार गर्दा, तिम्रा मूर्तिहरूले तिमीहरूको बचाउ गरून्। हावाको एक झोक्‍काले तिमीहरूलाई उडाई लैजानेछ। तर ममाथि भरोसा राख्‍नेहरूचाहिँ देशमा बास गर्नेछन् र मेरो मन्‍दिरमा मलाई पुज्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरूले सहायताको निम्ति पुकार्दा तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्! हावाले तिनीहरू सबैलाई उडाइलानेछ; एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ। तर मलाई शरणस्थान बनाउने मानिसले देशमाथि अधिकार गर्नेछ, र मेरो पवित्र पर्वतलाई प्राप्‍त गर्नेछ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:13

Následuj nás:

Reklamy


Reklamy