यशैयाको पुस्तक 57:11 - पवित्र बाइबल11 तिमीहरूले मलाई सम्झना गरेनौ। तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ। यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ? कससँग डराएका थियौ, किन झूट बोल्यौ? हेर, म लामो समयदेखि चुपचाप छु अनि तिमीहरूले मलाई सम्मान गरेनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “तिमीहरूले कसको डर र भय मानेकाले मप्रति झूटा भयौ र न त मेरो सम्झना गर्यौ, न तिमीहरूको मनमा मेरो विचार गर्यौ? के धेरै समयसम्म म मौन बसेकोले तिमीहरू मेरो डर मान्दैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई डरमा पार्ने यी देवताहरू को हुन् र तिमीहरू मलाई झूटा कुरा भन्छौ र मलाई पूर्णरूपमा भुल्दछौ? के म यसबारे चुप लागी बस्न नसकेको हुनाले मलाई तिमीहरूले आदर गर्न छोडेका हौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ, कि तिमीहरू मप्रति झूटो भयौ; अनि न त मलाई सम्झना गर्यौ, न त आफ्ना हृदयमा यस विषयमा विचार गर्यौ? के धेरै बेरसम्म म चुप रहेँ भनेर नै तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त? Viz kapitola |