यशैयाको पुस्तक 56:7 - पवित्र बाइबल7 परमप्रभु भन्नुहुन्छ, ‘म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “मेरो पवित्र डाँडा सियोनमा म तिमीहरूलाई ल्याउनेछु र मेरो प्रार्थनाको भवनमा तिमीहरूलाई हर्षित तुल्याउनेछु र मेरो वेदीमा तिमीहरूले चढाएका बलिहरू ग्रहण गर्नेछु। मेरो मन्दिर सबै जातिहरूको निम्ति प्रार्थनाको भवन कहलाइनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। तिनीहरूले मेरो वेदीमा चढाएका होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; किनकि मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ।” Viz kapitola |