यशैयाको पुस्तक 54:9 - पवित्र बाइबल9 परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई, जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई, जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि, म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “यो त मेरो निम्ति नोआको पालोका दिनहरूजस्तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्वीलाई फेरि डुबाउनेछैनँ, त्यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्यै हप्काउनेछैनँ भनी मैले शपथ खाएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “नोआका समयमा फेरि पृथ्वीमा जलप्रलय कहिल्यै पठाउनेछैनँ भनी मैले प्रतिज्ञा गरेको थिएँ, अब म प्रतिज्ञा गर्दछु कि म तँसित फेरि रिसाउनेछैनँ, म तँलाई हप्काउने र दण्ड दिनेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “यो मेरो निम्ति नोआको समयजस्तै हो; किनभने नोआका समयमा पानीजस्तै फेरि पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु। यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ; तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु। Viz kapitola |