यशैयाको पुस्तक 54:11 - पवित्र बाइबल11 “तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु, ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, हेर्, म फिरोजा पत्थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “ए यरूशलेम, दु:ख भोगिरहेको, असहाय र सान्त्वना दिने कोही नभएको सहर, म बहुमूल्य पत्थरहरूले फेरि तेरो जग बसाल्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु; तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु। Viz kapitola |