यशैयाको पुस्तक 54:1 - पवित्र बाइबल1 “ए बाँझी स्त्रीहरू हो, खुशी होऊ! तिमीहरूका नानीहरू छैनन्, तर तिमीहरू खुशी हुनुपर्छ।” परमप्रभु भन्नुहुन्छ, “त्यो स्त्री जो एक्लै छे, लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “हे बाँझी स्त्री, गीत गा! हे सुत्केरी पीडामा कहिल्यै नपरेकी स्त्री, तँ जसले कहिल्यै बालक जन्माएकी छैनस्, आनन्दले करा। किनकि बाँझी स्त्रीका सन्तान विवाहित स्त्रीका भन्दा ज्यादा हुनेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे यरूशलेम, तँ बाँझी स्त्रीजस्तो छस्। तर अब तँ आनन्दले गाउन र कराउन सक्छस्। लोग्नेले नछोडेकी स्त्रीको भन्दा ज्यादा अब तेरा सन्तान हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे बाँझी स्त्री, गीत गा! तँ, जसले कहिल्यै बच्चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीको भन्दा धेरै छन्,” याहवेह भन्नुहुन्छ। Viz kapitola |