यशैयाको पुस्तक 53:7 - पवित्र बाइबल7 उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ऊ थिचोमिचोमा पर्यो, र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोर्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्नो मुख खोलेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “ऊसित रूखो व्यवहार गरियो तर त्यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्नो मुख खोलेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उसलाई सताइयो र उसलाई कष्ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन। Viz kapitola |