यशैयाको पुस्तक 51:6 - पवित्र बाइबल6 माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिमीहरू आफ्ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्वी लुगाझैँ झुत्रो हुनेछ, र त्यसमा बस्नेहरू झीँगाजस्तै मर्नेछन्। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्यै खतम हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उँभो आकाशतिर हेर, पृथ्वीलाई हेर! आकाश धुवाँझैँ हराउनेछ, पृथ्वी पुरानो कपडाझैँ फाटिजानेछ र पृथ्वीका मानिसहरू झिँगाझैँ मरिजानेछन्, तर मैले दिने मुक्ति सदासर्वदाको निम्ति हुनेछ, मेरो विजय नै अन्तिम विजय हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूका आँखा आकाशतिर उठाओ, तल पृथ्वीमा हेर; आकाश धुवाँझैँ लोप भइजानेछ; पृथ्वी लुगाझैँ मक्किएर जानेछ, र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्। तर मेरो उद्धार सदासर्वदा रहनेछ; मेरो धार्मिकता कहिल्यै चुक्नेछैन। Viz kapitola |