यशैयाको पुस्तक 51:5 - पवित्र बाइबल5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्याय ल्याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म छिट्टै आएर तिनीहरूलाई बचाउनेछु, मेरो उद्धारको समय नजिक छ। म आफैं जाति-जातिहरूमाथि न्याय गर्नेछु, टाढाका देशहरूले मेरो बाटो हेर्नेछन्। मैले तिनीहरूलाई बचाउनेछु भनी तिनीहरूले मेरो आशा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरो धार्मिकता नजिक छ, मेरो उद्धार आउँदैछ; अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ। टापुहरूले मतिर हेर्नेछन्, र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्। Viz kapitola |