यशैयाको पुस्तक 51:2 - पवित्र बाइबल2 अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्यसलाई आशिष् दिएँ र त्यसलाई धेरै बनाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्म दिने सारालाई याद गर। जब मैले अब्राहामलाई बोलाएँ, त्यस बेला त्यो नि:सन्तान थियो। तर मैले त्यसलाई आशिष् दिएँ र त्यसका सन्तानको सङ्ख्या गन्न नसकिने बनाइदिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूका पुर्खा अब्राहाम, र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ। Viz kapitola |