यशैयाको पुस्तक 51:17 - पवित्र बाइबल17 जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो, अनि तिमीहरूले यसलाई पियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ए यरूशलेम, तँ जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस्, र धरमराइदिने कचौराबाट पिएर त्यो रित्त्याएको छस्, तँ जाग्, तँ जाग्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 ए यरूशलेम, जाग्! जाग् अनि उठ्! परमप्रभुले रिसको झोकमा पिउन दिनुभएको दण्डको कचौरा तैँले पिएको छस्। त्यो तैँले पिइस् र तेरा खुट्टाहरू लरबराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जाग्, जाग्! हे यरूशलेम उठ्, तिमीहरू जसले याहवेहको हातबाट, उहाँको क्रोधको कचौरा पिएका छौ; तिमीहरू जसले कचौरामा भएको धरमराइदिने मद्य पूरै पिएर रित्याएका छौ। Viz kapitola |