यशैयाको पुस्तक 51:16 - पवित्र बाइबल16 “मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छु— मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, र पृथ्वीको जग बसालेको छु, र सियोनलाई ‘तँ मेरो प्रजा होस्’ भनेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मैले आकाश फैलाएँ र पृथ्वीको जग बसालें। म यरूशलेमलाई भन्दछु, ‘तिमीहरू मेरा प्रजा हौ! मैले तिमीहरूलाई शिक्षा दिएको छु र आफ्ना बाहुबलले तिमीहरूको रक्षा गर्दछु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु; अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु; मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, जसले पृथ्वीको जग बसालेको छु, र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ ” Viz kapitola |