यशैयाको पुस्तक 51:1 - पवित्र बाइबल1 “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “हे धार्मिकताको पछि लाग्ने र परमप्रभुलाई खोज्ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्यसलाई हेर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले, मेरा कुरा सुन, जसले उद्धार पाउन चाहन्छौ र सहायताको निम्ति मकहाँ आउँदछौ। जुन चट्टानबाट तिमीहरू कुँदिएका थियौ, जुन ढुङ्गा-खानीबाट तिमीहरू निकालिएका थियौ, तीबारे याद गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे धार्मिकताको पछि लाग्नेहरू र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन: तिमीहरू जुन चट्टानबाट निकालिएका र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर। Viz kapitola |