यशैयाको पुस्तक 50:11 - पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैंले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर अब तिमीहरू सबै जसले आगो बाल्छौ र जलिरहेको राँको लिन्छौ, तिमीहरू जाओ, तिमीहरूका आगोको र तिमीहरूले सल्काएका राँकाको प्रकाशमा हिँड़। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ: तिमीहरू यातना भोग्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर तिमीहरू, जसले आगो बालेर आफूलाई उज्यालो दिन्छौ, त्यही आगोको उज्यालोमा हिँडे पनि तिमीहरूले मेरो हातबाट कष्टै मात्र पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर अब तिमीहरू जसले आगो बाल्छौ, र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ, जाओ र आफ्नो आगोका उज्यालोमा तिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ; तिमीहरू यातनामा रहिरहनेछौ। Viz kapitola |