यशैयाको पुस्तक 50:10 - पवित्र बाइबल10 ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासका कुरा पालन गर्छ? ज्योतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूमध्ये, जसले परमप्रभुको आदर गर्दछौ र उहाँको सेवकको आज्ञा मान्दछौ, तिमीहरू हिँडेको बाटो साँच्चै अँध्यारो भए पनि परमप्रभुमाथि भरोसा राख्छौ र आफ्ना परमेश्वरमा भर पर्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूमा कसले याहवेहको डर मान्छ र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? अन्धकारमा हिँड्ने, जससित ज्योति छैन, याहवेहको नाममा विश्वास राखोस्, र उसको परमेश्वरमाथि भरोसा राखोस्। Viz kapitola |