यशैयाको पुस्तक 50:1 - पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि, मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए। तर कानूनी त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ? मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएको थिएँ? ताकि ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अँहँ! तिमीहरू बेचियौ कारण तिमीहरूले पापपूर्ण कामहरू गर्यौ। तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु यसो भन्नुहुन्छ, “मैले त्यसलाई त्यागेपछि दिएको तेरी आमाको त्यागपत्र कहाँ छ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्यागिएकी हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “के मानिसले आफ्नी स्वास्नीलाई छुटानाम गरेझैँ मैले तेरा प्रजालाई छोडेको हो भनी तिमीहरू ठान्छौ? त्यसो भए, छोड-पत्र कहाँ छ त? के मानिसले ऋण तिर्न आफ्ना छोरा-छोरीलाई कमारा बनाएर बेचेझैँ मैले तिमीहरूलाई कैदमा बेचेको हो भन्ठान्छौ? होइन, तिमीहरू आफ्ना पापले गर्दा कैदी बनेर जानुपरेको हो, आफ्ना अपराधले गर्दा लखेटिएका हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह यसो भन्नुहुन्छ: “मैले तेरी आमासितै पठाइदिएको त्यसको त्यागपत्र कहाँ छ? अथवा तँलाई मैले कुन ऋणदाताकहाँ बेचेँ? तेरा पापहरूको कारण तँ बेचिएको थिइस्; तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्। Viz kapitola |