यशैयाको पुस्तक 5:7 - पवित्र बाइबल7 सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यो यहूदाको मानिस हो। परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाबासी पो सुनियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इस्राएल सर्वशक्तिमान् परमप्रभुको दाखबारी हो। यहूदाका बासिन्दाहरू उहाँले रोप्नुभएको दाखका बोट हुन्। तिनीहरूले भलाइका काम गर्नेछन् भनी उहाँले आशा गर्नुभएको थियो। तर त्यसका सट्टामा तिनीहरूले हत्या गरे। तिनीहरूले न्याय गर्छन् भन्ने उहाँको आशा थियो तर तिनीहरूका अन्यायमा परेकाहरूले न्यायको निम्ति रोइ-कराइ गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सेनाहरूका याहवेहको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँलाई मनपर्ने बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो; धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाइ पो सुन्नुभयो। Viz kapitola |