यशैयाको पुस्तक 5:26 - पवित्र बाइबल26 हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढाबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिटो-छिटो हिँडिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उहाँले टाढ़ाका जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुन्छ, उहाँले पृथ्वीका कुना-कुनामा बस्नेहरूलाई सुसेलीले बोलाउनुहुन्छ। तिनीहरू चाँड़ो र फूर्तिसित आउँछन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभुले टाढाका राष्ट्रहरूलाई सङ्केत दिएर आउने निम्तो दिनुहुनेछ र सुसेली मारेर तिनीहरूलाई पृथ्वीको अन्तबाट बोलाउनुहुनेछ। तिनीहरू बडो वेगले आउनेछन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँले टाढाका जातिहरूको निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ; उहाँले पृथ्वीको पल्लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ। तिनीहरू द्रूत गतिले आउँछन्! Viz kapitola |