Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:25 - पवित्र बाइबल

25 यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसकारण परमप्रभुको रीस आफ्‍ना प्रजामाथि उठेको छ। उहाँले आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्‍छ। डाँड़ाहरू हल्‍लिन्‍छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमप्रभु आफ्‍ना प्रजासित रिसाउनुभएको छ र तिनीहरूलाई सजायँ दिन उहाँले आफ्‍नो हात उठाउनुभएको छ। पर्वतहरू थरथरी काम्‍नेछन् र मर्नेहरूका लाश कसिङ्गरझैँ बाटामा फ्‍याँकिनेछन्। तर त्‍यति भएर पनि परमप्रभुको क्रोध मर्नेछैन र तिनीहरूलाई सजायँ दिन उहाँको हात उठाएकै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ; उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ। पर्वतहरू काँप्छन्, र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:25

Následuj nás:

Reklamy


Reklamy