यशैयाको पुस्तक 49:23 - पवित्र बाइबल23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ ऊ निराश हुनेछैन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 राजाहरू तेरा धर्म-बुबा र तिनीहरूका रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरूले भूइँमा घोप्टो परेर तँलाई दण्डवत् गर्नेछन्, र तेरा खुट्टाको सामुको धूलो चाट्नेछन्। तब तैंले जान्नेछस् कि म परमप्रभु हुँ, मेरो आशा गर्नेहरू निराश हुनेछैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तेरा निम्ति राजाहरू बुबाझैँ र रानीहरू आमाझैँ हुनेछन्। तिनीहरूले तेरो अघि भूइँसम्म निहुरेर तँलाई आदर दिनेछन्। नम्र भएर तिनीहरूले तँप्रति आफ्नो आदर देखाउनेछन्। तब तैँले जान्नेछस् कि म परमप्रभु हुँ र मेरा आशाको बाटो हेर्नेहरू निराश हुनेछैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 राजाहरू तेरा स्याहार गर्ने बुबा र रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्याएर दण्डवत् गर्नेछन्; तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्। तब तैँले म नै याहवेह हुँ, भनी जान्नेछस्; ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।” Viz kapitola |