यशैयाको पुस्तक 49:18 - पवित्र बाइबल18 माथि हेर, तिम्रा चारैतिर हेर, तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ।” परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु: तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्। तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तेरा आँखा उचालेर चारैतिर हेर्। तेरा छोराहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। परमप्रभु घोषणा गर्नुहुन्छ, “जस्तो म जीवित छु, तँ गहनाले सिँगारिएझैँ यी सबले सिँगारिनेछस्, र दुलहीले झैँ तैंले यी सबै लगाउनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 चारैतिर आँखा उचाल् र के भइरहेको छ, हेर्! तेरा मानिसहरू जम्मा हुँदै छन्, तिनीहरू घर आउँदै छन्! म जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु र तैँले आफ्ना मानिसहरूमा गर्व गर्नेछस्, दुलहीले आफ्ना गहनामा गर्व गरेझैँ तैँले तिनीहरूमा गर्व गर्नेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्; तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्। म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ, “तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्; अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्। Viz kapitola |