यशैयाको पुस्तक 49:10 - पवित्र बाइबल10 मानिसहरू भोको हुने छैनन् नत तिनीहरू तिर्खाउने नै छन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ, अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरू न त भोकाउनेछन् न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरू कहिल्यै भोका र प्यासा हुनेछैनन्। घाम र मरुभूमिको चौपट्टै गर्मीले तिनीहरूको केही हानि गर्नेछैन किनभने तिनीहरूलाई माया गर्नुहुनेले तिनीहरूलाई डोर्याउनुहुनेछ। उहाँले तिनीहरूलाई पानीका फोहोरामा डोर्याई लैजानुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्, न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ। तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्याउनुहुनेछ। Viz kapitola |