यशैयाको पुस्तक 48:8 - पवित्र बाइबल8 तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। तिमीले केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तैंले न त सुनेको थिइस्, न जानेको थिइस्। प्राचीन समयदेखि तेरो कान खुलेको थिएन। म जान्दछु, कि तँ कस्तो धोकेबाज छस्। जन्मिएको दिनदेखि नै तँ बागी भनिएको थिइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म जान्दथें कि तिमीहरूमा भरोसा गर्न सकिंदैनँ र तिमीहरू विद्रोही हौ भन्ने कुरा थाहा भएकै हो। त्यसैकारण यीबारे तिमीहरूले केही सुनेनौ, एउटा शब्द पनि तिम्रा कानमा पुगेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तैँले न त सुनेको छस्, न त बुझेको छस्; प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन। तँ कति विश्वासघाती छस् भनी म राम्ररी जान्दछु; तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो। Viz kapitola |