यशैयाको पुस्तक 48:14 - पवित्र बाइबल14 “तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अँहँ। त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “तिमीहरू सबै जम्मा भएर सुन। देवताहरूमध्ये कसले यी कुरा अघिबाटै बतायो? परमप्रभुको चुनेको मित्रले बेबिलोनको विरुद्धमा उहाँको अभिप्राय पूरा गर्नेछ, र उहाँको बाहुबल बेबिलोनीहरूका विरुद्धमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “तिमीहरू सबै भेला होओ र सुन! मैले चुनेका मानिसले बेबिलोनमाथि आक्रमण गर्छ भनी कसैले अघिबाट भन्न सकेन, म जे चाहन्छु, त्यो त्यसले गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तिमीहरू सबै एकसाथ आएर सुन: कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ? याहवेहको चुनिएको सहयोगीले बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ; त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ। Viz kapitola |