यशैयाको पुस्तक 47:12 - पवित्र बाइबल12 तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई, तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला। हुनसक्छ तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “यसर्थ अब तैंले आफ्नो बालककालदेखि नै परिश्रमसाथ गरिल्याएको तेरो मन्त्रतन्त्र र थुप्रै टुनामुनामा लागिबस्। शायद तँ सफल हुनेछेस्, सायद तैंले डर उत्पन्न गर्नेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तेरा जम्मै तन्त्र-मन्त्र र टुना-मुना अझै खेलाइराख्, ती सबै त तैँले सानै उमेरदेखि चलाइरहिस्। सायद ती कुराहरूले तँलाई केही मद्दत गरिहाल्लान् कि वा तैँले आफ्ना शत्रुहरूलाई तर्साउन सक्छे कि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तैँले बाल्यकालदेखि परिश्रम गर्दैआएको टुनामुना र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्। सायद तँ सफल हुनेछेस्, सायद तैँले आतङ्कित पार्न सक्छेस् कि! Viz kapitola |