यशैयाको पुस्तक 46:10 - पवित्र बाइबल10 “शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सुरुदेखि नै अन्तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्नो इच्छाअनुसार म सबै कुरा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म अन्तिमका कुराहरू पहिल्यैदेखि नै; र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु। म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ, र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’ Viz kapitola |