यशैयाको पुस्तक 45:9 - पवित्र बाइबल9 “यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “धिक्कार त्यसलाई, जसले आफ्ना सृष्टिकर्तासित झगड़ा गर्छ, त्यो जो जमिनमा भएका खपटाहरूमध्ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्?’ भनी सोध्छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 एउटा माटोको भाँडा, जुन अरू भाँडाहरूजस्तै छ, के त्यसले कुमालेसित विवाद गर्ने साहस गर्न सक्छ? के माटोले कुमालेलाई तिमीले के गर्दै छौ भनी सोध्दछ? के माटाको भाँडाले मलाई बनाउने केही सीप छैन भनी भन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ! त्यो पनि भुइँमा भएका माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो। के माटोले कुमालेलाई ‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ? के तेरो कामले ‘त्यसको हातै छैन’ भनी भन्छ? Viz kapitola |