यशैयाको पुस्तक 45:23 - पवित्र बाइबल23 “मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मेरो प्रतिज्ञा साँचो छ र त्यो बदलिँदैन। म आफ्नै जीवनको शपथ खाएर भन्दछु, सबैले आएर मेरो सामुन्ने घुँडा टेक्नेछन् र मेरा भक्त भइरहने वाचा बाँध्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 मैले आफ्नै शपथ खाएको छु; मेरो मुखले सम्पूर्ण इमानदारीमा रद्द नहुने हरेक कुरा उच्चारण गरेको छु; मेरो सामु हरेक घुँडा टेकिनेछ, र हरेक जिब्रोले शपथ खानेछ। Viz kapitola |