Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:21 - पवित्र बाइबल

21 यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।) “कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै बर्ष अघि घटेका थिए? कसले धेरै बर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हुन लागेका कुरा बताओ, त्‍यसलाई प्रस्‍तुत गर। तिनीहरूले आपसमा सल्‍लाह गरून्‌। यो कुरा कसले धेरै वर्षअघि बतायो? उहिलेदेखि यो कसले बतायो? के म, परमप्रभुले होइन र? मबाहेक अरू कोही परमेश्‍वर छैन। धर्मी परमेश्‍वर र उद्धारक, मबाहेक अरू कोही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आएर आफ्‍ना मुद्दा अदालतमा पेश गर र तिनीहरूले आपसमा छलफल गरून्। कसले धेरै अघिबाटै के-के हुनेछ भनी भनेको थियो? के म परमप्रभुले होइनँ, परमेश्‍वर जसले आफ्‍ना प्रजालाई बचाउनुहुन्‍छ? अरू कुनै परमेश्‍वर छँदैछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अब के हुनेछ, घोषणा गर्, त्यसलाई प्रस्तुत गर्— तिनीहरूले एकसाथ सल्‍लाह लिऊन्। कसले यो धेरै पहिले बतायो, कसले यो धेरै पहिले नै घोषणा गर्‍यो? के म याहवेहले नै होइन? मबाहेक अरू कोही परमेश्‍वर छैन; धर्मी र उद्धारकर्ता परमेश्‍वर म नै हुँ; मबाहेक अरू परमेश्‍वर कोही छैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:21

Následuj nás:

Reklamy


Reklamy