यशैयाको पुस्तक 45:19 - पवित्र बाइबल19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाईँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अन्धकारको देशमा कहीँबाट मैले गुप्तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्यर्थमा खोज’ भनी मैले याकूबका सन्तानलाई भनिनँ। म, परमप्रभु सत्य बोल्दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मैले गुप्तमा बोलेको छैनँ, मैले आफ्नो अभिप्राय लुकाएको छैनँ। मैले इस्राएलका मानिसहरूलाई व्यर्थमा मेरो खोजी गर्न लगाइनँ। म परमप्रभु हुँ र साँचो बोल्दछु, म ठीक कुरा बताउँदछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मैले गुप्तमा वा कुनै अन्धकारको ठाउँबाट बोलेको छैनँ; मैले याकोबका सन्तानलाई ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। म याहवेह सत्य बोल्छु; जे ठिक छ, त्यही घोषणा गर्छु। Viz kapitola |