Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:14 - पवित्र बाइबल

14 परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन् तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ। शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्। तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै, तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्। तिनीहरू तिमी समक्ष झुक्नेछन्। अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्। अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्। इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मिश्रदेशको उब्‍जनी र कूश देशको व्‍यापार र ती ठूला कदका शेबाका मानिस जातिहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्‌। तिनीहरू तेरो पछिपछि आउनेछन्‌। साङ्‌लाले बाँधिएका भएर तिनीहरू तँपट्टि आउनेछन्‌। तिनीहरू तेरो सामुन्‍ने झुक्‍नेछन्, र यसो भनेर तिनीहरूले तँलाई बिन्‍ती गर्नेछन्, ‘निश्‍चय नै परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ। अरू कोही छैन, उहाँबाहेक अरू कोही ईश्‍वर छैन’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभु इस्राएललाई भन्‍नुहुन्‍छ, “मिश्र र कूशका धन तेरा हुनेछन् र सेबाका अग्‍ला-अग्‍ला मानिसहरू तेरा कमारा हुनेछन्, साङ्लाले बाँधिएर तिनीहरू तेरो पछि लाग्‍नेछन्। तिनीहरूले तँलाई ढोग्‍नेछन् र यो कुरा स्‍वीकार गर्नेछन्: ‘परमेश्‍वर तपाईंसित हुनुहुन्‍छ। उहाँ मात्र परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेह यसो भन्‍नुहुन्छ: “इजिप्टको उब्जनी र कूशको व्यापारको धन र ठूला कद भएका सेबाका मानिसहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्; तिनीहरू साङ्लाले बाँधिएर कष्‍टसाथ तेरो पछि-पछि आउनेछन्। तिनीहरू तेरो सामु झुक्नेछन् र बिन्ती गर्दै यसो भन्‍नेछन्ः ‘निश्‍चय परमेश्‍वर तपाईंसित हुनुहुन्छ, र अरू कोही पनि छैन; अर्को ईश्‍वर छँदैछैन।’ ”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:14

Následuj nás:

Reklamy


Reklamy