यशैयाको पुस्तक 24:20 - पवित्र बाइबल20 संसारमा पापहरू एकदम गह्रौं भईसक्यो। यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ। पृथ्वी पुरानो घर जस्तै थर्किनेछ। मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ। पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 पृथ्वी मतवाला मानिसझैँ धरमराउँछ। झुप्रोलाई बतासले हल्लाएझैँ त्यो यताउता हल्लिन्छ। आफ्नो बागीपनको दोष त्यसमाथि यति गह्रौँ भएको छ कि कहिल्यै नउठ्ने गरी त्यो ढल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पृथ्वी मतवाला लरबर गर्दै हिँडेझैँ र आँधीमा छाप्रो हल्लेझैँ ढुन्मुनाउनेछ। संसार पापको भारले दबिएको छ। त्यो ढल्नेछ र फेरि कहिल्यै खडा हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 पृथ्वी मतवालाझैँ धरमराउँछ, झुप्रोलाई हावाले हल्लाएझैँ त्यो हल्लिन्छ; त्यसको विद्रोहको दोष यति गह्रौँ छ कि त्यो ढल्नेछ—कहिल्यै उठ्नेछैन। Viz kapitola |