यशैयाको पुस्तक 23:13 - पवित्र बाइबल13 यसैले सोरका मानिसहरू भन्दछन्। बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्! तर कल्दीहरूको देशलाई हेर! बाबेल देश अब देश रहेन। अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे। सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए। अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो। तिनीहरूले बाबेललाई एउटा खण्डहर (भग्नावशेष) मा परिणत गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 बेबिलोनीहरूको देशलाई हेर्। त्यस जातिको अब कुनै महत्त्व छैन। अश्शूरीहरूले त्यसलाई मरुभूमिका पशुहरूका निम्ति बनाएका छन्। तिनीहरूले आफ्ना घेरा-मचान खड़ा गरे, तिनीहरूले त्यसका किल्लाहरू उजाड़ पारी त्यसलाई भत्काइदिए र भग्नावशेष तुल्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 (बेबिलोनियाहरूले जङ्गली जनावरहरूलाई टुरोस सहर मिच्न दिएका थिए, अश्शूरीहरूले होइन। टुरोस जफत गर्ने किल्लाहरू बसाल्ने त्यहाँका गढीहरू भत्काउने र सहर ध्वंस पारिराख्ने बेबिलोनीहरू थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 बेबिलोनीहरूको देशलाई हेर्, यो जाति, जसको अब कुनै मूल्य छैन! अश्शूरहरूले त्यसलाई मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; तिनीहरूले त्यसका किल्लाहरू नाङ्गो पारिदिए, र त्यसलाई नष्ट गरिदिए। Viz kapitola |