यशैयाको पुस्तक 21:9 - पवित्र बाइबल9 हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।” तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हेर्नुहोस्, घोड़ाको टोली भएको रथमा एक जना मानिस आउँदैछ। अनि त्यसले जवाफ दिएर भन्छ, ‘बेबिलोनको पतन भयो, पतन भयो, र त्यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू चकनाचूर पारिएर जमिनमा पड़िरहेका छन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अचानक तिनीहरू आउन लागे, घोडामा चढेका मानिसहरू जोडी-जोडी गरेर। पहरादारले खबर दियो, “बेबिलोनको पतन भयो! तिनीहरूले पुज्ने गरेका सबै मूर्तिहरू टुक्रा-टुक्रा भई जमिनमा छरिएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित रथमा सवार भएर आइरहेछ। अनि त्यसले प्रत्युत्तर दिन्छ: ‘बेबिलोन ढलेको छ, ढलेको छ! त्यसका देवताहरूका सबै मूर्तिहरू चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ” Viz kapitola |