यशैयाको पुस्तक 21:3 - पवित्र बाइबल3 मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दु:ख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसैले मेरो शरीर पीडाले भरिएको छ। प्रसववेदनामा परेकी स्त्रीझैँ तीक्ष्ण वेदनाले मलाई पक्रेको छ। म जे सुन्छु त्यसले म धरमराउँछु। म जे देख्छु त्यसले मलाई व्याकुल पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले दर्शनमा देखेको र सुनेको कुराले मलाई भय र कष्टमा पारेका छन्। त्यो कष्ट आइमाईलाई बच्चा जन्माउन लाग्दा परेको पीडाझैँ छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यस दर्शनले मेरो शरीर कष्टले भरिएको छ, मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ; म जे सुन्छु, त्यसको कारण म धरमराएको छु, म जे देख्छु, त्यसको कारण म हडबडाएको छु। Viz kapitola |