यशैयाको पुस्तक 20:4 - पवित्र बाइबल4 अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसरी नै अश्शूरका राजाले मिश्रदेशलाई शर्ममा पार्न मिश्रदेशका कैदीहरू र कूश देशबाट निकालिएका जवान र बूढ़ा दुवैलाई नाङ्गो र खालि खुट्टा तथा नाङ्गो चाक भई कैदी बनाएर लानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ती दुई देशबाट कैद गरिएका बन्दीहरूलाई अश्शूरका महाराजाले त्यसरी नै नाङ्गै पारेर लैजानेछ। बुढा-पाका र तन्नेरी सबै खाली खुट्टा र नाङ्गै चाक देखाएर हिँड्नेछन् र मिश्रलाई लाज हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ। Viz kapitola |