यशैयाको पुस्तक 19:21 - पवित्र बाइबल21 त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्यस दिन तिनीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदानहरू र अन्नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्ति भाकल गरेर त्यो पूरा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभु आफैं मिश्रबासीहरू माझ प्रकट हुनुहुनेछ, तब तिनीहरूले उहाँलाई ग्रहण गरी पुज्नेछन् र उहाँलाई बलिदान र भेटीहरू चढाउनेछन्। तिनीहरूले उहाँसित गम्भीर प्रतिज्ञाहरू गर्नेछन् र ती पूरा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्। Viz kapitola |