यशैयाको पुस्तक 18:5 - पवित्र बाइबल5 सुन्दर ग्रीष्मको दिनमा, मध्यदिनको बेला मानिसहरू आराम गरिरहेका हुन्छन्। यो गर्मीको फसल काट्ने समय हुनेछ तब त्यहाँ कुनै बर्षा हुनेछैन्, खाली बिहानको शीत मात्र पर्नेछ। त्यसपछि केही डरलाग्दो घटना घट्नेछ। त्यो पहिल्यै फूलहरू फुलेको समय हुनेछ। त्यो अङ्गुर पाकेको फल हुने अनि बढ्ने समय हुनेछ। तर बाली पाक्न अघि नै शत्रुहरू आउनेछन् अनि बुटाहरू काट्नेछन्। तिनीहरूले अङ्गुरका लहराहरू चूडँनेछन् अनि फ्याँक्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनभने कटनीको अघि जब फूल फुलेर झरिसकेको हुन्छ, र फूल पाकेको अङ्गूर हुन्छ, तब उहाँले हाँगाहरू हँसियाले छाँट्नुहुनेछ, र फैलिएका हाँगाहरू काट्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाख टिप्नुअघि फूल झरेर दाख पाक्न लागेको बेला हुरीले दाखका हाँगा सजिलै काटेझैँ शत्रुले कूशीहरूलाई नाश पार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ, र फूलबाट बढेर अङ्गुर पाकेको हुन्छ, तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ; अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ। Viz kapitola |