यशैयाको पुस्तक 16:4 - पवित्र बाइबल4 ती मोअबबाट आएका मानिसहरूलाई जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए। यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ। तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ, लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ। मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मोआबबाट निकालिएकाहरू तपाईंसँग बसून्। ध्वंसकारीहरूबाट तिनीहरूका निम्ति एउटा शरणस्थान बन्नुहोस्।” अत्याचारीहरूको अब अन्त हुनेछ, र विनाश रोकिनेछ। अत्याचारीहरू देशबाट हराउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामीलाई तिम्रो देशमा बस्न देओ। हामीलाई नाश पार्न खोज्नेहरूका हातबाट हामीलाई बचाओ।” (अत्याचार र विनाशको अन्त हुनेछ र देशलाई ध्वस्त पार्नेहरू रहनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्न देओ; नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, र सर्वनाश समाप्त हुनेछ; आक्रमणकारी देशबाट लोप हुनेछ। Viz kapitola |