यशैयाको पुस्तक 15:5 - पवित्र बाइबल5 मेरो हृदय मोआबको निम्ति रून्छ। उसका मानिसहरू सुरक्षाका निम्ति भागे। तिनीहरू सोअर तर्फ भागे। तिनीहरू एग्लत शलीशियाह तर्फ भागे। मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि, रूदै चिच्याउँदै चढे। होरोनैमा उक्लिँदा तिनीहरू चिच्याउँदै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरो मन मोआबको निम्ति रुन्छ। त्यसका शरणार्थीहरू सोअरसम्म र एग्लत-शलीशियाहसम्मै भागेर जान्छन्। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्लन्छन्। होरोनैमको बाटोमा उनीहरू आफ्नो विनाशको विलाप गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मेरो हृदय मोआबको निम्ति रुँदछ! मानिसहरू भागेर सोअर सहर र एग्लत-शलीशियाहसम्म पुगेका छन्। कोही रुँदै लूहीततिर जाने उकालो बाटो लागेका छन्। कोही उच्च सोरले विलाप गर्दै होरोनैमतिर भाग्दै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ; त्यसका भगुवाहरू सोअरसम्म नै, एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्। तिनीहरू लूहीत जाने उकालो, रुँदै-रुँदै चढ्छन्; होरोनैम जाने बाटोमा तिनीहरू आफ्ना सर्वनाशको लागि विलाप गर्छन्। Viz kapitola |