यशैयाको पुस्तक 14:25 - पवित्र बाइबल25 म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 म अश्शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरा पर्वतहरूमा त्यसलाई पैतालाले कुल्चनेछु। त्यसको जुवा मेरा प्रजाबाट उतारिनेछ र त्यसको भारी तिनीहरूका काँधबाट हटाइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 म मेरो देशमा अश्शूरीहरूलाई नाश पार्नेछु, म मेरा पर्वतहरूमाथि तिनीहरूलाई पैतालाले कुल्चनेछु। अश्शूरीहरूका जूवाबाट र तिनीहरूले बोक्नुपरेका बोझबाट म मेरा प्रजालाई मुक्त पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।” Viz kapitola |