यशैयाको पुस्तक 14:22 - पवित्र बाइबल22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाईं गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल नष्ट पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “सर्वशक्तिमान् परमप्रभु यो घोषणा गर्नुहुन्छ, ‘म उनीहरूका विरुद्धमा खड़ा हुनेछु, र बेबिलोनबाट बाँचेकाहरू, त्यसका बालबच्चाहरू, र त्यसको नाउँ मेटिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म बेबिलोनमाथि हमला गर्नेछु र त्यसलाई ध्वंस पार्नेछु। म कसैलाई छोड्नेछैनँ। केटा-केटीहरूलाई पनि छोड्नेछैनँ र कोही बाँच्नेछैन। म परमप्रभु बोल्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: “म तिनीहरूको विरुद्ध उठ्नेछु। म बेबिलोनबाट बाँचेकाहरू, त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |