यशैयाको पुस्तक 14:2 - पवित्र बाइबल2 ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्याउनेछन्। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्। तिनीहरूलाई अत्याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 धेरै जातिहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा फर्कन सहायता गर्नेछन् र त्यस देशमा राष्ट्र-राष्ट्रका मानिस चाकर भई तिनीहरूको सेवा गर्नेछन्। ज-जसले एक चोटी इस्राएललाई कब्जा गरेथे, अब इस्राएलले तिनीहरूलाई कब्जा गर्नेछन्। इस्राएलीहरूले अघि एक चोटी आफूलाई अत्याचार गर्ने मानिसहरूमाथि राज्य गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्। Viz kapitola |