यशैयाको पुस्तक 13:4 - पवित्र बाइबल4 “त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ, ध्यान लगाएर हल्ला सुन्। यो धेरै मानिसहरूको हल्ला जस्तो छ। यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ। सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सुन, पर्वतहरूमा भएको हल्ला, भीड़को हल्लाजस्तै ठूलो। सुन, राज्यहरूका माझमा भएको कोलाहल, जाति-जातिहरू एकसाथ जम्मा हुँदा भएको होहल्लाझैँ। सर्वशक्तिमान् परमप्रभुले लड़ाइँको निम्ति सेना जम्मा गर्दैहुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पर्वतहरूमाथि भइरहेको होहल्ला सुन। मानिसहरूको ठूलो भीड र राष्ट्र-राष्ट्र र राज्य-राज्य भेला भएको खैलाबैला भइरहेछ। सेनाहरूका परमप्रभुले आफ्नो फौज लडाइँको निम्ति तयार पार्दै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो होहल्ला सुन्! जातिहरू एकसाथ भेला भएझैँ, राज्यहरूको बीचमा होहल्ला सुन्! सेनाहरूका याहवेहले युद्धका निम्ति सेना बटुल्दै हुनुहुन्छ। Viz kapitola |