यशैयाको पुस्तक 13:21 - पवित्र बाइबल21 जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिँड्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्। तिनका घरहरू स्यालहरूले भरिनेछन्। लाटोकोसेराहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यस ठाउँमा मरुभूमिका जन्तुहरूले बास गर्नेछन् र लाटोकोसेराहरूले गुँड लाउनेछन्। शुतुरमुर्गहरू त्यहाँ बास गर्नेछन् र त्यहाँका भत्किएका घरहरूमा जङ्गली बाख्रा नाँच्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्; तिनका घरहरू स्यालहरूले भरिनेछन्; उल्लुहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्। Viz kapitola |