यशैयाको पुस्तक 11:12 - पवित्र बाइबल12 परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उहाँले जाति-जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहूदा र इस्राएलका चारैतिर छरिएका मानिसहरूलाई पृथ्वीका चार कुनाबाट बटुलेर भेला गराएको देखाउन परमप्रभुले एउटा निशानी-झन्डा उठाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ; उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएका यहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ। Viz kapitola |