यशैयाको पुस्तक 10:16 - पवित्र बाइबल16 सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुन्जेलसम्म आगो जस्तै बलि रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसैकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले त्यसका बलिया योद्धाहरूका बीचमा सोतर पार्ने रोग पठाउनुहुनेछ, र त्यसको गौरवमुनि दन्केको आगो सल्कनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अहिले आएर मोटाएकाहरूलाई सजायँ दिन सर्वशक्तिमान् परमप्रभुले रोग पठाउनुहुनेछ। तिनीहरूका जिउमा ननिभ्ने आगो लाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण प्रभु, सेनाहरूका याहवेहले त्यसका प्रबल योद्धाहरूमाथि कमजोर हुने रोग पठाउनुहुनेछ; त्यसको गौरवमुनि बल्दो ज्वालाजस्तै आगो सल्काउनुहुनेछ। Viz kapitola |