यशैयाको पुस्तक 10:14 - पवित्र बाइबल14 मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेंटाहरू अथवा चूँ-चूँ गर्दै लडाईं गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 कसैले चराको गुँड़मा हात लम्काएझैँ मेरो हात जाति-जातिहरूका धन-सम्पत्तिसम्म पुगेको छ। छोड़िराखेका अण्डालाई कसैले बटुलेझैँ मैले सबै देशहरूलाई बटुलें। तर त्यहाँ कसैले एउटै पखेटा चलाएन अथवा चूँ-चूँ चीँ-चीँ कसैले गरेन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 संसारका राष्ट्रहरू चराका गुँडझैँ थिए र मैले चराका फुल बटुलेझैँ तिनीहरूका धन-सम्पत्ति बटुलें। मलाई तर्साउन एउटा पखेटा पनि चलेन, एउटा चुच्चो पनि उघ्रेन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 कसैले चराका गुँड फेला पारेझैँ, मेरो हात जातिहरूको धनसम्पत्तिमा पुग्यो; मानिसहरूले छोडेका अण्डाहरू बटुलेझैँ, मैले सबै देशहरूलाई भेला गरेको छु; एउटैले पनि पखेटा फ्याट-फ्याट गरेन, अथवा चूँ-चूँ गर्नलाई मुख खोलेन।’ ” Viz kapitola |