यशैयाको पुस्तक 1:4 - पवित्र बाइबल4 इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौं भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमी पापी जाति, दुष्ट र भ्रष्ट मानिसहरूका झुण्ड, तिमीहरू विनाश हुनेछौ। तिमीहरूका पापले तिमीहरूलाई तल घिसार्दछ! तिमीहरूले परमप्रभु, इस्राएलका पवित्र परमेश्वरलाई इन्कार गरेका छौ र उहाँलाई आफ्ना पिठ्युँ फर्काएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धिक्कार, त्यस पापी जाति, अपराधले लादिएको जाति, दुष्ट काम गर्नेहरूका सन्तान, भ्रष्ट भएका सन्तान! तिनीहरूले याहवेहलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र परमेश्वरलाई लत्याएका छन्, र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्। Viz kapitola |