यशैयाको पुस्तक 1:18 - पवित्र बाइबल18 परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिऊँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमप्रभु भन्नुहुन्छ, “आओ, हामी सबै कुरा छलफल गरौं। पापले तिमीहरूमा रातो दाग लागे तापनि म तिमीहरूलाई धोई हिउँजस्तै सेतो पार्नेछु। तिमीहरूका पापको दाग गाढा रातो रङ्गको भए तापनि तिमीहरू ऊनजस्तै सेता हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 याहवेह भन्नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्। Viz kapitola |